

प्रभु महालक्ष्मी लाइफको उदार कदम, दियो लेट फीको रिन्यूमा ७५ प्रतिशत छुट




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स उदार देखिएको छ । बीमितले प्रत्यक्ष लाभ पाउने गरी उसले रिन्यूमा छुट दिने भएको हो ।
त्यस्तो छुट व्यतीत बीमालेख नवीकरण गर्दा बीमितले पाउँने छन् भने सो रकम अधिकतम ७५ प्रतिशतसम्म तोकिएको छ।
यता, जीवन बीमा कम्पनीका अनुसार व्यतीत बीमालेख असार ४ देखि १५ गतेसम्मको अवधिमा नवीकरण गरेमा बीमितले बुझाउँनु पर्ने विलम्ब शुल्कमा सहुलियत हुनेछ।
कम्पनीका अनुसार समुन्नति जीवन बीमालेख र डबल धमाका बीमालेखमा छुट नभए पनि हाल २ वर्षभन्दा कम अवधिका व्यतीत बीमालेखमा ७५ प्रतिशत छुट हुने भएको हो ।
साथै, २ देखि ३ वर्षसम्मका बीमालेखमा ५० प्रतिशत एवम् ३ वर्षभन्दा बढी अवधिदेखिका व्यतीत बीमालेखमा २५ प्रतिशत छुट हुने जनाइएको छ । सोही बेलामा उक्त योजनमा आवद्ध भएर पुनर्जागरण भएका बीमालेखहरू पुनर्जागरण गरीएको २ वर्ष भित्र सरेण्डर गर्न चाहेमा बिलम्ब शुल्क छुटको पूरै रकम कटाइने व्यवस्था समेत गरिएको छ ।
यसबाट प्रमु महालक्ष्मी लाइफका आवद्ध बीमितहरुमा बीमाशुल्क समयमै बुझाउन केही उत्साह समेत जागेको अवस्था छ ।