

नेपाल री ले मुद्दति निक्षेपमा लगानी गर्ने




काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल री ) ले मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । बुधबार सूचना मार्फत उसले सो जानकारी दिएको हो ।
सोही मुद्दति निक्षेप रकम लिन इच्छुक संस्थाहरुलाई शिलवन्दी प्रस्ताव पेश गर्न अनुरोध गरीएको छ ।
साथै, नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख तथा ग वर्गका राष्ट्रिय स्तरका बैंक एवम वित्तीय संस्था र नेपाल पूर्वाधार बैंकको केन्द्रिय कार्यालय मार्फत लिन इच्छुकहरुलाई कम्पनीको वेबसाइटमा उपलब्ध रहेको सम्पूर्ण विवरण भरी पाँच दिनभित्र शिलबन्दी पेश गर्न कम्पनीले आग्रह गरेको नेपाल री ले जनाएको हो ।