

नेशनल लाइफको साधारणसभा भोलि बस्ने




काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा भोलि बस्ने जनाइएको छ । सोहि सभा लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे ३७औं वार्षिक साधारण सभा बस्नेछ भने सभाबाट हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर र यसका लाग्ने कर तिर्न ०।७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित हुने जनाइएको हो ।
यता, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।
साथै, चुक्ता पूँजी वृद्धि गर्ने एवम गत आवमा भएको खर्च अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। कम्पनीको यही सभाले संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण तथा लगानीकर्ता ‘समूह ख’ बाट २ जना सञ्चालकको निर्वाचन सम्पन्न हुने तालिका तय भएको छ ।
कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियोे ।