

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्ने सहमति




काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७।८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न १ अर्ब ३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको हो ।
सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजयबहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरेका छन् । मनाङ जिल्लाको नासोङ गाउँपालिकामा अवस्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपिसी मोडलमा ठेक्का लगाइएको छ र यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ ।
यस परियोजनाको लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद बिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६५ गिगावाट प्रतिआवर विद्युत् उत्पादन हुने जनाइएको हो ।