

कुमारी बैंकको नौलो खाता : हामी त हेरेको हेरै




काठमाडौं । बैंकहरुको खाता नागरिकहरुलाईको आवश्यकता पूरा गर्न खोल्ने गरिन्छ । यद्यपी त्यस्तो खातामा जब नागरिकको नजर पुग्छ तब मात्रै जो कोही खातामा आवद्ध हुने अवस्था रहन्छ ।
सोही कारण पनि हो कुमारी बैंकले हालसालै एउटा नौलो नामको खाता सुरुवात गरेको छ । सोही कारण पनि होला उसको खाताको कुनै न कुनै रुपमा चर्चा हुन सुरु गरेको छ ।
हुन त बैंकको उदेश्य पनि त्यही थियो हाला कम्तीमा आम नागरिक र आफ्ना ग्राहकहरुको नजर आफ्नो खातामा परोस् ।
अहिलेको समयमा केही चल्तीमा रहेको भाषा प्रयोग गर्नुले पनि कुमारी बैंकको खाता केही रोचक मानिएको बुझिएको छ । बैंक ग्राहकलाई आकर्षण गर्ने मात्र नभई उनीहरुलाई खाताको आपरिहार्यता बुझाउँदै अझ आगामी दिनमा नयाँ र बजारको माग अनुसारका प्रोडक्ट उत्पादनहरु ल्याउँने समेत जनाएको छ ।
हामीले सुन्ने गरेका छौं कतिपय अवस्थामा नामै काफी छ भन्ने शब्दबाट पनि व्यक्तीहरुले नाम चाही के रहेछ ? भन्ने कौतुहलता जगाउने गरेका छन् । कारण, मानिव स्वभावत नै जिज्ञासु प्रकृतिको हुन्छ ।
यता, बैंकले हेरेर नबसौँ, अब खाता खोलौं, उच्च ब्याजदरमा सुरक्षित बचत गरौं भन्ने नारालाई समेत मुख्य प्राथमिकता दिएको अवस्था छ । फेरी उसले हेरेको हेरै भइयो ? भन्ने प्रश्न सोध्दै अब खाता खोलौं अनि बचत गरौं भन्ने जवाफ दिन खोजेको छ ।
बैंकले यस्तो मन्दीमा समेत यति धेरै आकर्षक सुधिवा कुमारी बैंकले दिएको भन्ने भावका साथ कुनै एक उसका ग्राहकले भनेको जसरी हामी त हेरेको हेरै भन्ने शब्दावली प्रयोग गरेको बुझिएको छ ।
नेपाल राष्ट्र बैंकले समेत बैंकबाट टाढा रहेका दूर दराजका नागरिकलाई समेत बैंकको पहुँचमा ल्याउन पहल गरि रहेको बेलामा उसले ल्याएको नौलो नाम अर्थपूर्ण नै देखिन्छ ।
हाल बैंकले मुद्धती ब्याजदर बचतमै ४.५१ प्रतिशत व्याज दिने सूचना समेत दिएको छ । जबकी कुनै पनि नागरिकले अधिकांश समयमा बैंकमा पैसा राख्दा त्यसमा ब्याजदरलाई नै प्राथमिकता दिने परिपाटी कायमै छ ।
ठीक यही बेलामा उसले आफ्नो पोस्टरमा कुमारी बैंकले डिजिटल बैकिंग प्रणालीलाई जोड दिने कुरा समेत हाइलाइट गरेको देखिन्छ ।