

चितवनको तुइन खोलानजिकै सुक्खा पहिरो खस्दा नारायणघाट मुग्लिन सडक अवरुद्ध




काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा मंगलबार मध्यान्ह १२ बजे नजिकै सुक्खा पहिरो खसेको छ । सोही कारण राजमार्गमा आवागन रोकिएको हो भने सर्वसाधारणले केही सास्ती खेप्नु परेको जनाइएको हो ।
यता, चितवनको तुइन खोला पुलनजिकै खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ भने
पहिरो हटाउने कार्य थालिएको छ । थप पहिरो नखसे दुईरतीन घण्टाभित्र सवारी आवागमन सञ्चालनमा ल्याइने सडक डिभिजनले जनाइएको हो ।
त्यस्तै, मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै गएको सुक्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ,’ सडक डिभिजनले जारी गरेको सूचनामा उल्लेख छ, ‘उक्त स्थानमा पहिरो फाल्ने मेसिन सञ्चालन भइसकेको छ । दुई–तीन घण्टाभित्र सडक सञ्चालनमा आउने जानकारी गराउँदछौँ ।’