

प्रभु महालक्ष्मी लाइफका सेरचन छैटौ पटक एमडीआरटी बन्न सफल




काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका नबिन सेरचन छैटौं पटक एमडीआरटी बन्न सफल भएका छन् । कुनै पनि व्यक्तीले बीमा अभिकर्ता पेशा सुरु गर्दा उसले जीवनमा एक पटक भए पनि एमडीआरटी बन्ने सपना पालेको हुन्छ ।
विगत लामो समयदेखि बीमा पेशामा आवद्ध उनले लाखौं बीमितहरुको मन जित्दै आएका छन् । बीमा आफैंमा एउटा विश्वासको व्यवसाय भएकाले पनि उनको कार्य प्रगतिको पछिल्लो समय चर्चा एवम् प्रसंशा बढ्दो अवस्थामा छ ।
एमडी आरटीको अर्थ (मिलियन डलर राउण्ड टेबल) भन्ने हुन्छ । कुनै पनि बीमा अभिकर्ताले एमडीआरटी बनेसँगै उसले अभिकर्ताहरुको अन्तराष्ट्र्रिय संजालनमा सदस्य हुने र विविध कार्यक्रममा सहभागी हुने मौका पाउँछ ।
हाल प्रभु महालक्ष्मी लाइफका सेरचनले त्यस्तो अवसर छैटौं पटक पाउन सफल भएको जनाइएको छ ।