

यूनाईटेड अजोड इन्स्योरेन्सका सीईओ गौतमले दिए नबिल बैंकका सीईओ ज्ञवालीलाई बधाई




काठमाडौं । यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले नबिल बैंकका नव नियुक्त सीईओ मनोज ज्ञवालीलई बधाई दिएका छन् । एक निर्जीवन बीमा कम्पनीका सीईओ गौतमले नबिल बैंकका सीईओको कार्यकक्षमै भेटेर बधाई दिएका हुन् ।
सीईओ गौतमसँगै यूनाईटेड अजोड इन्स्योरेन्सका प्रमुख प्रबन्धक धिरज ढुंगाना तथा सोही कम्पनीकी उप-प्रमुख कार्यकारी अधिकृत रिना रिजाल समेत उपस्थित थिइन ।
यूनाईटेड अजोड इन्स्योरेन्सका सीईओ गौतमले सीईओ ज्ञवालीको कार्य क्षमता र सरल कार्यशैलीको प्रशंसा गर्दै उनको कार्यकालमा बैंक थप उचाई दिने विश्वास व्यक्त गरेका छन् । सोमबार आफ्नो सामाजिक संजालमा समेत सीईओ गौतमले सफल कार्यकालको कामना गर्दै दुई चार शब्द कोरेका छन् ।
यूनाईटेड अजोड इन्स्योरेन्स यूनाईटेड र अजोड इन्स्योन्स मर्जर भएपछि स्थापित भएको कम्पनी हो भने अजोड समूहमा भाटभटेनी समूह तथा यूनाईटेडमा सीजी चौधरी ग्रुप समूहको समेत लगानी रहेको छ । यता नबिल बैंकमा समेत चौधरी समूहको बलियो हिस्सा रहदै आएको छ ।
नबिल बैंकका सीईओ ज्ञवालीले सोही बैंकमा डीसीओको समेत सफल जिम्मेवारी पूरा गर्दै सामाजिक रुपमा समेत लोकप्रियता कमाउन सफल देखिन्छन् भने यता यूनाईटेड अजोड इन्स्योरेन्सका सीईओ गौतम समेत यस अघि एभरेष्ट इन्स्योरेन्सको सफल सीईओदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सका बरिष्ठ डिसीईओको जिम्मेवारीमा पुगेका व्यक्ती हुन् ।
हाल दुवै सीईओ ज्ञवाली र गौतमलाई बैंक तथा इन्योरेन्स क्षेत्रका (लिजेन्ट पर्सनालिटी) कार्य क्षमतामा अब्बल व्यक्तीको रुपमा चिनिन्छ ।
आज दुवै सीईओहरु एक ठाउँमा भेट भएर हात मिलाएका हुन् ।