

सानिमा जिआईसी इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत




काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा अर्गानिक ग्रोथ गर्दै आएको कम्पनी हो, सानिमा जिआईसी इन्स्योरेन्स । सोही कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो।
नेप्से सूचकका अनुसार सानिमा जिआईसीको ७.५ प्रतिशतले देखिने १५ लाख कित्ता बोनस सेयर सोमबार सूचीकृत गरिएको छ।
यता, कम्पनीका अनुसार आगामी दिनमा सोही सेयर डिम्याट खातामा जम्मा हुनसाथ किनबेच गर्न मिल्नेछ ।