

अघिल्लो दिन सानो पाइला सहकारीको सदस्यमा रवि, दोस्रो दिन डेढ करोड लोन




काठमाडौं । पछिल्लो समय ठूलो चर्चामा छन् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने । कारण, उनले सरहकारीबाट मोटो रकम हिनामिना गरे भन्दै आरोपसँगसँगै लामिछाने अहिले थुनामै छन् । ठीक यस्तै बेलामा उनसँग जाडिएका विभिन्न विषयहरु छिट्पुटदेखि ह्वात्तै बाहिरिने गरेको अवस्था छ । अहिले पनि सहकारी ऐन नियम विपरित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा रहेका बचतकर्ताहरुको रकममा अनिमियतता गरेको फेला परेको हो ।
लामिछानेलाई सहकारी ऐनविपरीत संस्थामा सदस्य बनेको र आर्थिक कारोबार गरेको जनाइएको छ । तराईस्थित पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–६ मा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा अघिल्लो दिन सदस्यता लिएका उनै लामिछानेले त्यसको दोस्रो दिन डेढ करोड रुपैयाँ कर्जा लिइएको देखिएको छ । त्यस्तो रिर्पोट प्रहरीले गरेको अनुसन्धान देखिएको हो।
त्यस्तै, पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले २०७८ साउन १८ गते सहकारीको सदस्य बनेको तथा त्यसको भोलिपल्ट भन्नाले साउन १९ गते डेढ करोड रुपैयाँ कर्जा लिएको अनुसन्धानबाट खुलेको छ।
यता, सहकारी ऐन अनुसार सदस्य भएको तीन महिना पूरा नभई कर्जा लिन नमिल्ने प्रवधान त कायमै छ तै पनि कर्जा दिँदा बचतको सीमा, धितो हेर्नै पर्छ। त्यसरी कायम रहेका प्रवधानलाई बे वास्ता वा अटेर गर्दै कार्जा लिएको प्रहरी स्रोतको भनाई छ ।
ठीक यही बेलामा लामिछाने जोडिएका विषयमा अहिले विभिन्न अनुसन्धानहरु गहिराईमा पुगेरै खोतल्ने प्रयास भइरहेको समेत देखिएको छ ।