

रिलायबल नेपाल लाइफले सम्पन्न गर्यो आठौं वार्षिक साधारण सभा




काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आज ८ औं सभा सम्पन्न गरेको हो ।
सोही सभामा रिलायबल नेपाल लाइफका अध्यक्ष उदय नेपाली श्रेष्ठले अध्यक्षता गरेका थिए ।
सोमबार राजधानीस्थित भाटभटेनी समिपमा अवस्थित आम्रपाली ब्यांकेटमा सपन्न सभाले अहिले रहेको कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस सेयर तथा ०.६३ प्रतिशत नगद लाभांश कर समेत गरी वितरण गर्ने प्रस्ताव सदर गरेको छ । सोही सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनदेखि लेखापरीक्षकको प्रतिवेदन तथा नियुक्ती र पारिश्रमिक तोक्ने काम सम्पन्न गरिएको छ ।
त्यस्तै, बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख पुग्ने जनाइएको छ । सोही कारण आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार सभाले अधिकार समेत प्रदान गरेको थियो भने कम्पनीले जेठ २६ गते १ दिन बुक क्लोज गरेको थियो ।