

नेशनल लाइफकी चिफ बिजनेश म्यानेजर क्रान्ति कनौजिया, सेन्चुरीयन बन्न सफल




काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी एक मिहीनेती तथा अनुशासित चिफ बिजनेश म्यानेजर हुन् क्रान्ति कनौजिया । उनले धेरै जनलाई बीमाको दायरामा समेटेर सेन्चुरीयन बन्न सफल भएकी हुन् ।
जीवन बीमा कम्पनीको भैरहवा ब्रान्चमा आवद्ध उनले चालु आर्थिक वर्षमा १ सय माथि पोलिसी बेच्न सफल भएकी छिन् । एकातिर उनले धेरैवटा बीमा पोलिसी बेचेकी छिन् भने अर्कातर्फ उनले नागरिकहरुका जोखिमलाई जीवन बीमामा जोड्न समेत सफल भएकी छिन् ।
हाल नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले उनको मेहनत र सफलताको प्रशंसा गर्दै कनौजियाको फोटो समेत सामाजिक संजालमा पोस्ट गर्ने तथा बधाई आदान प्रदान गर्ने गरि रहेको छ ।
कुनै पनि व्यक्तीलाई जीवन बीमाका पोलिसी बेच्नु भनेको एउटा सामान्य कुरा मात्र नभई त्यसले जोखिममा रहेको परिवार र धेरै जनालाई सुरक्षणको दायरामा ल्याउँनु हो भन्ने कम्पनी पक्षको भनाई छ ।
हाल चिफ बिजनेश म्यानेजर कनौजियाले ऐतिहासिक कोसेढुंगा निर्माण गरेको भन्दै नेशनल लाइफले हिस्टोरीकल माइलस्टोन कदमको प्रशंसा गर्न रुचाएको बताएको हो ।
उनको योगदानबाट अरुलाई समेत जीवन बीमा गर्नदेखि बीमा गराउँने सक्रिय कर्मचारीहरुलाई समेत राम्रो शिक्षा मिल्ने कम्पनी पक्षले विश्वास लिएको छ ।