

नेपाल लाइफले खुलायो सुनौलो रोजगारीको अवसर, ५ जिल्लाबाट जागिर खान सकिने




काठमाडौं । बीमा कम्पनीमा जागिर खाने रहर कस्लाई नहोला र ? किनकी, नेपालमा बैंक वित्तीय क्षेत्रको जागिर भन्ने बित्तीकै सुटेट, बुटेट भएर कार्यालय जान धाउने, शितल (पंखा- एसी) को हावामा बस्न पाइनेदेखि आकर्षक तलब सुविधाहरु पनि जोडिने गर्छन् । त्यस्तो सफलता तिनैले पाएका छन् जसले एक कदम भए पनि अघि बढ्न रुचाउँछन् । भनाईको मतलब जसले अवसर पाएको बेलामा आवेदन दिनदेखि जागिरमा जोडिन रुचाउँने गर्छन्।
अहिले त्यस्तो अवसर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरिरहेको छ । सोही नेपाली बीमा क्षेत्रको अग्रणी कम्पनीको रुपमा छुट्टै पहिचान बनाउन सफल कम्पनी हो भने उसले रोजगारीका लागि सुनौलो अवसर खुलाएको छ । कम्पनीले विभिन्न पाँच जिल्लामा कर्मचारीहरु माग गरेको हो ।
उक्त पदमा जागिर खान इच्छुकहरुलाई तुरुन्तै सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।
यता, सब ब्राच्च हेडदेखि एसिस्टेन्ट लेवलसम्मका कर्मचारीहरु आवश्यक रहेको नेपाल लाइफ स्रोतले बताएको छ । त्यसरी माग गरिएका कर्मचारीहरुले विरौटा कास्की, परासी नवलपसारी, रुपन्देहीदेखि सुनसरीमा समेत जागिर खान सक्ने छन् ।
कम्पनीले त्यस्तो जागिरको अन्तिम डेड लाइन भन्दै (२१ जून) भन्नाले यही असार ७ गतेसम्म अवधि तोकेको छ ।