

आइएमई लाइफले जेठ महिनामा बीमितलाई २ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न सफल




काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले दावी भुक्तानीमा अग्रसरता देखाएको छ । बीमित मैत्री आफ्नो नयाँ रणनिती समते तय गरेको यसले जेठ महिनामा भुक्तानी गरेको रकम सार्वजनिक गरेको हो ।
यता, लाइफ इन्स्योरेन्सका अनुसार जेठ महिनामा मात्रै ८७ वटा बीमा दावीका लागि २ करोड १२ लाख रुपैयाँ तिरिएको छ।
त्यसरी नै आइएमई लाइफका अनुसार बीमितका दावी भुक्तानी मात्र नभई ऋण प्रवाहदेखि आफ्ना सेवाहरु चुस्त दुरुस्त बनाउँदै गएको कम्पनी स्रोतले सुनाएको छ।
बीमितहरुकै हक-हितलाई केन्द्रमा राखेर काम गरेको भन्दै आईएमई लाइफले बीमितलाई दावी भुक्तानी प्रदान गर्न पाउनु आफुहरुको धर्म रहेको बताउँदै आएको छ ।