

बढ्यो नेप्से परिसूचक, ११ अर्ब ४४ करोडको कारोबार




काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१३ अकंले बढेर २६५७.५२ बिन्दुमा कायम हुन पुगेको छ। आइतबार ३ सय ८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार कित्ता सेयर किनबेच भएको छ ।
आइताबार ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँको सेयर कारोबार भएको बेलामा ६ उपसूचकमा हरियाली देखिन्छ।
यता, विकास बैंक ०.४९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.२८ प्रतिशत, हाइड्रोपावर समूहका १.१३ प्रतिशतले सेयर मूल्य उचालिएका छन्।
सोही दिन ९० कम्पनीको सेयर मूल्य बढ्न पुगेको बेलामा १ सय ५७ कम्पनीको भने घटेका छन् ।