

ट्रेड टावरको आईपीओ बाँडफाँड




काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। आजै, होटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौंमा आईपीओ बाँडफाँड सम्पन्न भएको जनाइएको हो ।
यता, कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई लक्षित गरेर आईपीओ बिक्री खुलाएको थियो । ठूलै चर्चामा रहेको सोही आईपीओबाट कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता सेयर निष्काशन गरेको जनाएको छ ।