

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रदका लागि आवेदन खुला




काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शतप्रतिशत हकप्रदमा आजदेखि बिक्री खुला गरिएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपियाँका दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको अवस्था थियो।
यता, सोहीबमोजिम कम्पनीले हकप्रद निष्कासन गरेको हो । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेकाले जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
कम्पनीको हकप्रदमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन कम्पनीको कर्पोरेट कार्यालय त्रिपुरेश्वर र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल, काठमाडौंमा बुझाउन सकिने जनाइएको हो।