

सिद्धार्थ बैंकका ग्राहकहरूले लोमस डिजिटलमा छुट पाउने




काठमाडौँ । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रा. लि बीच बैंकका ग्राहकवर्गहरूलाई हुअरपुलका उत्पादन र किचन सामग्री खरिदमा विशेष छुट प्रदान गर्ने समझदारी सम्पन्न भएको छ ।
सोही सम्झौताअनुसार बैंकका ग्राहकहरूले उत्तरढोका, काठमाण्डौंस्थित लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने जनाइएको हो।
उक्त सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको बेलामा बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा ‘सिद्धार्थ रिवार्डस्’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको जनाइएको हो।