

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रमको आयोजना




काठमाडौँ । निर्जीवन बीमा क्षेत्रको एक सबल कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदान दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सोही रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो भने कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गरेका हुन्।
यता, कार्यक्रमलाई सफल बनाउन फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो भने सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने कम्पनीले जनाएको छ । रक्तदाताहरूलाई धन्यवाद एवम् प्रमाणपत्र वितरण गरिएको जनाइएको छ ।