

४ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ




काठमाडौं । सुनको मूल्य बढ्न पुगेको छ। शुक्रबार सुन प्रतितोला ४ हजार २०० रुपैयाँले बढ्न पुगेको हो।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको बेलामा हिजो भने तोलाको १ लाख ९२ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको अवस्था थियो।
सोही सुनको भाउ बढेको दिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढ्न पुग्दा २ हजार १ सय ६५ रुपैयाँ पुगेको छ। हिजो भने चाँदी प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको हो ।