

वाणिज्य बैंकको नाफा ४८ अर्ब हाराहारी पुग्न सफल




काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन्। हाल नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरणलाई आधार मान्दा २० वाणिज्य बैंकहरुमो नाफा १० महिनामा ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ कायम रहेको देखिएको हो।
समिक्षा अवधिमा विगतको जस्तै नाफामा अग्रसर रहदै आएको नबिल बैंक पहिलो स्थानमा रहेको छ । उसले सोही समयमा ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यसरी नै नेपाली बैंक वित्तिय क्षेत्रमा छुट्दै विरासत बोकेको ग्लोबल आइएमई बैंक पनि नबिलसँग प्रतिस्पर्धा गर्न सफल देखिन्छ । यसले ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको हो । सोही अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड नाफा आर्जन गरेको छ ।
यी मुख्य टप थ्री बैंकहरु भन्दा बाहेकको हकमा भने एभरेष्ट बैंकले ३ अर्ब ९० करोड ३३ लाख नाफा आर्जन गरेको बेलामा नेपाल बैंकले ३ अर्ब २८ करोड ८७ लाख आर्जन गरेको हो ।
त्यसरी नै प्राइम कमर्सियल बैंकले २ अर्ब ५८ करोड ५५ लाख नाफा आर्जन गरेको बेलामा एनएमबि बैंकमो २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ देखिन्छ ।
साथै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब ३४ करोड ६४ लाख देखिएको बेलामा लक्ष्मी सनराईज बैंकले २ अर्ब १५ करोड ६५ लाख कमाएको छ ।
सोही बेलामा सिद्धार्थ बैंकले २ अर्ब १ करोड ११ लाख , प्रभु बैंकले २ अर्ब १४ लाख तथा सानिमा बैंकले १ अर्ब ८७ करोड कमाएका छन् ।
यता, राष्ट्रिय वाणिज्य बैंकले भने १ अर्ब ७७ करोड कमाएको बेलामा कृषि विकास बैंकले १ अर्ब ७३ करोड ३८ लाख तथा नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड २० लाख आर्जन गरेको छ ।
अर्गानिक ग्रोथमा देखिने माछापुच्छे बैंकले १ अर्ब ३१ करोड ३५ लाख नाफा आर्जन गरेको बेलामा सिटिजन्स बैंकको नाफा १ अर्ब १८ करोड १५ लाख रहेको तथ्यांकमा देखिन्छ ।
एनआईसी एशिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको बेलामा हिमालयन बैंकको नाफा ६८ करोड ३४ लाख तथा कुमारी बैंकको नाफा ४८ करोड १९ लाख कायम रहेको अवस्था छ ।