
दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्षका लागि थुनामा हुँदा, ३२ जना भए धरौटीमा रिहा



काठमाडौं । गत मध्य रातसम्म अदातल क्षेत्रमा भिडभाड कायम रह्यो । कारण, हिरासतमा रहेका दुर्गा प्रसाई लगायतका अन्यको फैसला के होला ? भन्ने जिज्ञासाका सुन्न । अहिले जिल्ला अदालत काठमाडौंले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको अवस्था छ।
यता, न्यायाधीश धु्वराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनामा जोडिएका प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने आदेश जारी गरेको छ।
साथै, अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको हो।

