

कुमारी बैंकद्धारा एक मार्मिक तस्बिर सार्वजनिक, घोरिएर हेर्दा गहिरो अर्थ लाग्ने




काठमाडौं । कुमारी बैंकले हाल एक मार्मिक तस्बिर सार्वजनिक गरेको छ । सो तस्बिरमा एक दु:खी बालकले ऐनामा आफूलाई सुखी देखिएको कल्पना गरेको तस्बिर सार्वजनिक गरेको हो ।
हुन त बाल-बालिकालाई लक्षित गरी कुनै विशेष दिनमा यसरी नै अन्य बैंक वित्तीय संस्थाले पनि अनौठा तस्बिर सार्वजनिक गर्ने चलन कायम भने नभएको होइन । तर, कुमारी बैंकले हालसालै सार्वजनिक गरेको सो तस्बिरमा केही मूल्यवान विषयवस्तुहरु उठान भएको देख्न सकिन्छ ।
एक, सबैभन्दा लाउने खाउने उमेरको बाल-बालिकाले जिम्मेवारीको बोझ उचालेको तस्बिरमा देखिएको छ । त्यस्तो तस्बिर काल्पनिक मात्र नभई हाम्रै समाजमा (दैनिक जीवनमा) समेत कतिपय बालबालिकाले भोग्ने-खेप्ने प्रत्यक्ष चोटलाई तस्बिरले दर्शाएको छ ।
हाम्रो उदेश्य कुनै पनि एक बैंकले प्रकाशन गरेको एउटा तस्बिरलाई एकतर्फी ढंगले बढाई चढाई गरौ भन्ने होइन । बरु, त्यस्ता तस्बिरहरुको मूल्य र गहिराईलाई जो कोहीले बुझ्न सकुन भन्ने हो । अझ खास गरी बालबालिकाका संरक्षणमा सक्रिय संस्थाहरु समेत यत्रतत्र खडा भएको बेलामा समाजका कतिपय बालबालिकाहरुले अनाहकमा खेप्नु पर्ने उमेर भन्दा ठूला सास्ती र तीनका जिम्मेवारीको बोझलाई सबैको सहयोगमा कम गर्ने सम्भावना समेत देखिन्छ ।
हाल कुमारी बैंकले एक च्यातिएको पाइन्ट र मैला कपडामा गह्रौं बोरा बोकेको एक बालकले आफूलाई टक्क उभिएर ऐनामा हेर्दा विद्यालय पोषाकमा झोला भिरेर शिक्षाको उज्यालो प्रकाशतर्फ लम्कि रहेको कल्पना गरेको छ ।
हुन त जसले जीवनमा ज्ञानका झोला बोक्छ उसले नै जीवनलाई सरल र सहज बनाउने मौका पाउछ भन्ने विश्वास पनि छ । तर, त्यस्तो मान्यता सबैका लागि कहाँ लागू हुन्छ र ?
कतिपय बालकालिकाहरुले नचाहना नचाहदै पनि बालश्रमदेखि साना उमेरमै ठूला जिम्मेवारीको भारी बोकेको हामीले पाउँने गर्छौ । यसबाट पनि आफ्नो परिवारमा जिम्मेवारीको काँध थाप्ने जो कोही छ भने उहाँहरुको सदैव श्रद्धा गर्नुपर्छ भन्ने पाठ पनि यसबाट सिक्न सकिन्छ ।
कुमारी बैंकले अंग्रेजीमा एउटा नारा समेत लेखेको छ । त्यस्तो नाराको अर्थ बालश्रम रोकौं भन्नेमा नै केन्द्रित भएको देखिन्छ । त्यस्तै, विश्व बालश्रम विरुद्ध सबैजना एक हुनुपर्ने आशय समेत व्यक्त गरेको छ ।
बैंकले बालबालिकालाई श्रम होइन शिक्षाको आवश्यकता भन्ने लाइन पनि कोरेकै छ । यसको अर्थ मानिसको जीवनमा उसले जागिर खाने पनि एउटा निश्चित समय छ भन्ने बुझ्न सकिन्छ । जस्तो कि यूवा अवस्थामा व्यक्तीले काम खोज्दै हिड्छन भने वृद्ध अवस्थामा पेन्सन प्लान अपरिहार्य हुने गर्छ ।
त्यस्तै, जीवनको कलिलो उमेरमा धेरै कुराहरु बुझ्न बाँकी हुँदा नै शिक्षाको घामबाट नै बालबालिकाहरु बञ्चित हुनु कसैको लागि पनि खुशीको विषय होइन । तर, शिक्षा मन्त्रालय, सरकार, प्रदेश, स्थानीय तह, समाजका बृद्धिजीवी एवम् केही धनाड्य व्यक्तीको सानो सहयोगमा समेत कतिपय बालबालिले पढ्ने मौका पाउने अवस्था सिर्जना गर्न सम्भव छ ।
सरकारले समेत कतिपय गरिब तथा जेहेन्दार विद्यार्थीहरुकालागि भनेर केही कार्यक्रमहरु अघि सार्ने गरेको छ । त्यस्तै, दिवा खाजा सेवा कार्यक्रमहरु पनि चलाएको पाइन्छ । तर, कतिपय अवस्थामा साच्चै बालबालिकाको आवश्यकतालाई सम्बन्धित निकायका कार्यक्रमहरुले कति छोए, छोएनन् या भनौं सम्बोधन गरे गरेनन् भन्ने कुरा मुख्य हुन जान्छ ।
हुन त कुमारी बैंकले डिजिटल प्रणालीको आत्मसाथ गरेको नारा सहित एक बालकले आफू एक भए पनि सपना अनेक सजाएको र आफ्नो वास्तविकताभन्दा पनि काँचुली फेर्ने ऐनाको कल्पना गरेको तस्बिर रचना गरेसँगै त्यसको गहिरो अर्थ झल्किएको छ ।
जीवनका आधारभूत आवश्यकता गाँस, बाँस, कपाससँगै शिक्षा समेत पर्ने भएकाले त्यस्ता न्यून आय भएका परिवारका बालकालिकाहरुलाई सल्लाह र बिचराको दृष्टिले भन्दा पनि सबैको सकेको मद्धत गर्न सके जिम्मेवारीको बोझले थिचिएका बाल बालिबाकाहरुले स्वतन्त्र भएर ज्ञान आर्जन गर्न पाउने र सहि ढंगबाट जीवनयापन गर्न सक्ने माहोल बन्न सक्थ्यो कि ?