

लघु बीमा मध्यको टप कम्पनी नेपाल माइक्रोको बालाजु अटो वक्र्ससँग सम्झौता




काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कं.लि. ले आफ्नो वीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी अग्नी समूह अन्तर्गत बालाजु अटो वक्र्स प्रा.लि. सँग वीमा सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गर्न सफल भएको छ । वीमा व्यवसायका विषयमा बालाजु अटो वक्र्स प्रा.लि. को कार्यालय, बालाजुमा मिति २०८२।०२।२९ गतेका दिन आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
दुवै पक्षका वीच महिन्द्रा ब्राण्डको सवारी साधनको बीमा तथा दाबी प्रक्रियालाई सरल र प्रभावकारी बनाउन उक्त समझदारी पत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अनिल राज गिरी र बालाजु अटो वक्र्स प्रा.लि. को तर्फबाट नायव महाप्रबन्धक शिव सुदन श्रेष्ठले हस्ताक्षर गर्नु भयो । उक्त अवसरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रबन्धक सुशन थापा र नायव प्रबन्धक अमृत अधिकारी तथा बालाजु अटो वक्र्स प्रा.लि. का सहायक महाप्रबन्धक सन्तोष कुमार अधिकारी समेतको उपस्थिति रहेको थियो ।