

सातामा कारोबारको अन्तिम दिन घट्यो नेप्से परिसूचक




काठमाडौं । बिहीबार, अर्थात साता कारोबारको अन्तिम दिन । आज सेयर बजार घट्न पुगेको छ। परिसूचक ७.१५ अंकले घटेर २६५७ को बिन्दुमा पुगेको हो।
सोही दिन ३ सय ११ कम्पनीहरुको दुई करोड ८६ लाख सात हजार कित्ता सेयर किनबेच भएको छ । सोही बेलामा १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको देखिन्छ ।
अझै पनि सेयर लगनीकर्ताहरुले भने बजार नयाँ टर्न कहिले लिने हो भनेर प्रतिक्षा गरि रहेको अवस्था छ । अर्थतन्त्रले सुधारको गति लिदै गएको बेलामा पनि लगानी गर्नका लागि लगानीर्ताहरु भने अझै पनि त्यति खुलेर कन्फिडेन्स व्यक्त गर्न तम्सिनसकेको अवस्था छ ।