

एयर इन्डियाको जहाज अहमदाबाद एयर्पोट नजिकै दुर्घटनाग्रस्त




काठमाडौं । एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको छ । छिमेकी राष्ट्र भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल वरवर सो दुर्घटनामा घटेको हो।
२ सय ४२ यात्रु बोकेको जहाज अकस्मात दुर्घटना भएसँगै सामाजिकर संजाल लगायत विभिन्न माध्यमबाट दु:ख व्यक्त गर्ने क्रम पनि बढेको अवस्था छ । बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको र सोही बोइङ ७८७-८ ड्रीमलाइनर विमान लन्डनको लागि छुटेको जनाइएको छ ।