

एनएलजी इन्स्योरेन्सले बोलाएको साधारण सभा आज बस्दै




काठमाडौं । निर्जीवन बीमा क्षेत्रको एक सबल एवम् विश्वस्नीय कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बोलाएको १९औं वार्षिक साधारणसभा आज बस्ने छ । सो सभा बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजेदेखि बस्ने भएको हो।
यता, सोही सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रूपैयाँको २.५० प्रतिशत बोनस सेयर तथा ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ भने सोही सभाबाट गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक तोक्ने तालिका तय भएको छ।
त्यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने र सञ्चालकको बैठक भत्ताबारेको प्रस्ताव सहित लाभांश वितरण प्रस्ताव समेत पास हुनेछ ।
एनएलजी इन्स्योरेन्सले जेठ २२ गते एक दिन बुक क्लोज गरिसकेकालेर जेठ २१ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन तथा लाभांश हात पार्न योग्य हुने जनाएको हो ।