

असार १६ गतेदेखि तेह्रथुम पावर कम्पनीको हकप्रद निष्काशन हुने




काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि हकप्रद निष्काशन गर्ने जनाइएको छ। सोही कम्पनीले १ बराबर १ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाएको हो।
त्यस्तै, यस निष्काशनमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ भने कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले निष्काशन गर्ने हकप्रदमा आवेदन दिन सक्ने छन् ।
यता, नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको अवस्था छ।