

बीमा व्यवसायमा शिखर चुम्दै, शिखर इन्स्योरेन्स




काठमाडौं । नेपाली बीमा क्षेत्रमा त्यसमा पनि खास गरेर निर्जीवन बीमा क्षेत्रमा छुट्टै विरासत बोकेको कम्पनी हो, शिखर इन्स्योरेन्स । उसलाई सबैभन्दा धेरै दायित्व बोकेको, धेरै बीमितहरुको विश्वास जित्न सफल भएको तथा पछिल्लो समय नेपाली बीमा कम्पनीहरुले नपाएका सूचकहरु प्राप्त गर्न सफल कम्पनीको रुपमा बुझने गरिन्छ। कारण, यस्ता सफलता शिखर इन्स्योरेन्सले निरन्तर नै पाएको यसलाई नजिकबाट नियाल्ने जो कोहीले आँकलन गर्न सक्छन् ।
सोही नेपाली निर्जीवन बीमा क्षेत्रको सबैभन्दा विश्वासीलो कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षमा समयभन्दा अगावै आफ्नो टार्गेट पूरा गर्न सफल भएको छ । त्यस्तो टार्गेटमा पुर्याउन सफल हुँदा उसले सबैभन्दा पहिला ग्राहकहरुको भरोसा र साथलाई सम्झेको छ । ग्राहक केन्द्रित कार्यशैली पनि उसको सफलताको मुख्य रणनीति हुनसक्छ ।
५ सय करोड बीमाशुल्क संकलन गर्न सफल
शिखर इन्स्योरेन्सले नेपालको निर्जीवन बीमा क्षेत्रमा छोटो समयमा पुनः ५०० करोडको निर्जीवन बीमा शुल्क संकलन गर्न सफल भएको छ । सोही उपलब्धि हाँसिल गरेसँगै उक्त कम्पनी नेपाली निर्जीवन बीमा क्षेत्रमा फेरी पनि पहिलो तथा हालसम्मकै एकमात्र बीमा कम्पनी बन्न सफल भएको जनाइएको हो।
सोही सफलताको घडीमा कम्पनीले त्यस्तो सफलताको लागि आफूलाई भरोसा गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी एवम् शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गरेको छ । साथै, भविष्यमा समेत अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने संकल्प गरेको छ ।
कुनै पनि बीमा कम्पनीले बीमाशुल्क संकलन गर्नु भनेको उसले आम्दानी गर्नु मात्र नभई दायित्व समेत बोकेको कुरालाई भुल्नु हुँदैन । बीमितहरुले एउटै कम्पनीमा फर्केर बीमा गर्न आउँनु र बीमा कम्पनीले आफ्नो बीमित सन्तुष्ट पार्न सक्नु चानचुने कुरा होइन भन्ने यसका अनुभविहरु सुनाउँछन् । ठीक यही बेलामा शिखर इन्स्योरेन्सले भने आफन अन्य ठूला र सफल योजनाहरु नेपाली बीमा बजारमा पस्कदै जाने उत्साह समेत व्यक्त गरेको छ ।