

२५ अर्ब खिच्दै राष्ट्र बैंक




काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ उठाउने जानकारी दिएको छ । पछिल्लो समय बजारमा तरलता बढेकै कारण राष्ट्र बैंकले जेठ २५ गते २५ अर्ब रुपैयाँ उठाउने जनाएको हो ।
यता, राष्ट्र बैंकले ४२ दिन अवधीका लागि उठाउन लागेको २५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले साउन ४ गते फिर्ता पाउनेछन् । ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।लनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ भने राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको हो।