

स्वास्थ्य बीमा बोर्डको सर्भरमा समस्या, केही कागजात समेत गायब




काठमाडौं । सरकारले संचालन गर्दै आएको एक फरक किसिमको बीमा अवधारणकाको संस्था स्वास्थ्य बीमा बोर्डको सर्भरमा समस्या आएको छ । परोपकारी लयबाट चलेको उक्त संस्थाको मुख्य सर्भरमा समस्यत आउँदा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाले भुक्तानीका लागि अपलोड गरेका कागजत गायब भएका हुन्।
यता, सोही समस्याका कारण बीमा बोर्डले २०८१ सालको बैशाखदेखि असोज मसान्तसम्म अपलोड गरिएका आम नागरिकले पाउनु पर्ने दाबीसम्बन्धी कागजातहरू अलपत्र अवस्थामा पुगेको छ । सोही बिचल्लीका बिच पुनः अपलोड गर्न १५ दिने म्यादसहित अनुरोध गर्न सुरु गरिएको छ।
एक पत्रमा बोर्डका सूचना प्रविधि प्रमुख सुरेश सिंह तिंकरीले हस्ताक्षर गरेका छन् भने सोही पत्रमा सबै सेवा प्रदायक स्वास्थ्य संस्थामा २०८१ बैशाख १ देखि २०८१ असार मसान्तसम्मका रुजु हुन बाँकी दावीहरुका कागजात पुनः अपलोड गर्न विनय गरिएको अवस्था छ।
सोही पत्रलाई आधार मान्दा साउन १ गतेदेखि असोज मसान्त २०८१ सम्म अपलोड गरिएका कागजातहरु पनि सुरक्षित नरहेको खुलेको छ।
सोही कारण रिलय टाइम डेटाको अवधारणा स्वास्थ्य बीमा बोर्डलाई भालुको कम्पट बन्न पुगेको छ । बोर्डले आर्थिक वर्षको अन्तिम सयममा आईपुगेको र भुक्तानी गर्न खोजिए पनि डकुमेन्ट नहुँदा नसकिएकोले पुन अपलोड अनुरोध गरिन्छ भन्ने झिनो आशा भने तत्काल व्यक्त गरि सकेको अवस्थ छ ।
पटक पटक ठूला निकायका सर्भकार कारण जनताले अकारण मार खेप्नु पर्ने चलनका बाबजुत सरकारले आगामी आर्थिक वर्षभित्र पुराना सबै बक्यौता भुक्तानी गर्ने घोषणा गरिसकेको छ भन १ सय ८० जना जनशक्ति तीन महिनाको करारमा नियुक्त गर्न दरखास्तसमेत खुलाएको बताइएको छ।
साथै, १८ अर्ब रुपैयाँ भन्दा बढीको दाबी भुक्तनीको दायित्व बोकेको उसले सेवा प्रदायक संस्थालाई नै सो रकम भुक्तानी गर्नु पर्ने छ भने अहिले ४ सय ८५ वटा सेवा प्रदायक स्वास्थ्य संचालित छन्।
बोर्डका अुनसार सोही मध्येबाट ४ सय ४ सरकारीदेखि ३३ सामुदायिक तथा ४८ वटा निजी स्वास्थ्य संस्था रहेको बताइएको हो ।