

एकपछि अर्को सफलता हाँसिल गर्दै आएको नेपाल माइक्रोको माछापुच्छ्रे बैंकसँग सम्झौता




काठमाडौं । लघु बीमा कम्पनीहरु मध्येकै टप कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बीमा व्यवसाय सहकार्यसम्बन्धी सम्झौता भएको छ। बीमा व्यवसायका विषयमा बैंकको केन्द्रीय कार्यालयमा मंगलबार समझदारी भएको हो ।
सोही समझदारी पत्रमा बैंकको अनुसन्धान र व्यापार पोर्टफोलियो विभाग प्रमुख कुमार ज्ञवाली र इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिल राज गिरिले हस्ताक्षर गरेका हुन् ।
नेपाल माइक्रो इन्स्योरेन्सले नेपाली बीमा क्षेत्रमा छोटो समयमा व्यावसायीक सफलतादेखि विभिन्न उपलब्धि हाँसिल गरि रहेको अवस्था छ ।