

विश्वप्रख्यात मुख्य पाँच किसिमका झोला,जान्नुहोस् कुनको बीमा हुन्छ कस्तोको हुँदैन ?




रोचक :
काठमाडौं । पछिल्लो समय नेपालमा झोलालाई जोडेर विभिन्न व्यंग्यदेखि तीता मिठा, टिका टिप्पणी भइरहेका छन् । यसको आफ्नो राजनैतीक वा अन्य कारण हुनसक्छ । तर, आज हामीले तपाई जो कोहीले बोक्ने झोलाको बीमा गर्नु भएको छ कि छैन ? भन्ने प्रसंग उठाएका छौं । कारण खाली झोला बोकेर बजार जाने मात्र नभई विश्वमा विभिन्न किसिमका झोलाहरु प्रचलनमा छन् र त्यसमा दैनिक मोटा-मसिना सर-सामानहरुको ओसार-पसार हुने तथ्यलाई नकार्न सकिन्न ।
अहिले नेपालमा झोला बोक्नु सहि हो वा गलत भन्ने विषयमा समेत ठूलो टिकाटिप्पणी भइरहेको बेलामा स्वमय प्रधानमन्त्री केपी शर्मा ओलीले समेत त्यस्तो विषयमा केही दिन अघि आफ्नो राय राखेका थिए, सामाजिक संजालमा उठेका विषयहरुलाई सम्बोधन गरेका थिए ।
हामीले त्यस्ता टिकाटिप्पणीको वादविवादलाई एउटा पाटोमा छोडेदै अर्को पाटोबाट सुरक्षाको हिसाबले पनि बीमामा जोडिएमा आफ्नो झोला वा मालसामाग्री जोगाउन सकिने विषयमा खोजी गरेका हौं ।
अब हेरौ विश्वमा प्रचनमा रहेका केही झोलाहरु र तीनको बीमाको अवस्था :
१ ब्याकप्याक
यो झोला प्रायः यात्रा, हाइकिङ वा क्याम्पिङका लागि प्रयोग गरिन्छ। विश्वका विभिन्न देशमा यस्ता झोलाका कारखानाले अर्बौै रुपैयाँ आर्जन गरेका छन् ।
२ ह्यान्डब्याग
यो झोला प्रायः महिलाहरूले दैनिक प्रयोगका लागि बोक्ने गरेको पाइन्छ । नेपालमा समेत त्यस्ता झोलाहरुको अधिकतम प्रयोग भएको अवस्था छ ।
३ म्यासेन्जर ब्याग
यो झोला प्रायः विद्यार्थी वा कामकाजी मानिसहरूले ल्यापटप, किताब वा अन्य सामान बोक्नका लागि प्रयोग गर्छन्। कार्यालय प्रयोजनदेखि ठूला सरकारी कार्यलयहरुमा काम गर्नेले समेत यस्ता व्याग रुचाएको पाइन्छ ।
४ डफेल ब्याग
यो झोला प्रायः जिम वा खेलकुदका लागि प्रयोग गरिन्छ। खेलाडीदेखि शारिरकि व्यायाममा रुची राख्नेहरुले त्यस्तो व्याग प्रयोग गर्ने गरेको सुनाउँछन् ।
५ सुटकेस
यस्तो झोला प्रायः यात्राका लागि प्रयोग गरिने पाइन्छ । मुख्यतय नेपालको हकमा पनि लामो दूरीको यात्रादेखि वैदेशिक यात्रामा जानेहरुले सुटकेसको सहायता लिने गरेको देख्न सकिन्छ ।
झोलाको बीमा
अब लागौ, मुख्य विषय बस्तु तिर । कुनै पनि सरसामानको बीमा हुने भएको बीमा कम्नीहरुले झोलाको समेत बीमा हुने गरेको बताउँछन् । पहिलो कुरा झोला बन्ने कारखानाको समेत बीमा हुन्छ । त्यस्तो कारखानामा केही भै परी आएका झोलको, यसका गोदामको बीमा हुने गर्छ । अर्को कुरा कुनै पनि माल बस्तु एक ठाउँबाट अर्को ठाउँमा लग्दा त्यसको समेत बीमा हुने भएकाले यात्राको क्रममा समेत झोलाको बीमा हुने कम्पनीहरु बताउँछन् । त्यस्तै महत्वपूर्ण सामान हालेको बेलामा ग्राहकहरुले झोलाको भन्दा पनि सामानको सुरक्षा खोज्ने गरेको पाइन्छ । एक त लामो दूरीमा झोलामा फुट्ने किसिमका सामानहरु हालेको छ भने त्यस्तो सामानको बीमा अपरिहार्य मानिन्छ । अर्को भनेको चोरी हुन सक्ने महत्वपूर्ण, बहुमूल्य रत्नको समेत बीमा हुने गरेको छ ।
यता, झोलाको बीमा हुन्छ कि हुँदैन ? भन्ने कुरा झोलाको प्रकार र बीमा कम्पनीको बीमा (पोलिसी) नीतिमा समेत निर्भर गर्दछ।
हाल केही बीमा कम्पनीहरूले ह्यान्डब्याग, ल्यापटप ब्याग वा अन्य महँगो झोलाको बीमा सेवा प्रदान गर्ने बताएका छन। तर, सामान्यतया ब्याकप्याक, डफेल ब्याग वा सुटकेस जस्ता झोलाहरूको बीमामा त्यति धेरै सक्रियता नभएको पाइएको हो।
नेको इन्स्योरेन्सका चिफ बिजनेस अफिसर थापा
नेको इन्स्योरेन्सका चिफ बिजनेस अफिसर विशाल थापाले बीमा दर्पण डटकमसँग भने,‘झोलाको दाम जम्मा सय रुपैयाँ पनि हुनसक्छ तर त्यही झोला भित्र करोडौंको सामान बोक्ने र त्यसको बीमा गर्ने गरेको हामीले पाउछौं ।’
थापाले उदाहरण दिँदै भने,‘मानौ, एकछिनको लागि कुनै बैंकले एक ठाउँबाट अर्को शाखामा पैसा लानु पर्यो भने उहाँहरुले सुटकेसको प्रयोग गरेको हामीले पाउँछौं । त्यस्तो सुटकेसको मूल्य होला २, ४ हजार, तर त्यही भित्र त २ करोड रुपैयाँ एक शाखाबाट अर्को शाखामा ओसार पसा हुन्छ । मैले भन्न खोजेको बीमाले झोलाको बीमा त गर्ने नै भयो अझ बढी चाही सामानको नै बीमा हुने गरेको हामीले पाउँछौं, यो चाही व्यवहारीक पक्षबाट हेर्दा पनि त्यस्तै देखिन्छ ।’
चिफ बिजनेस अफिसर थापाले थपे,‘झोलाको मुख्यतय उत्पादन हुने ठाउँमा नै बीमा हुन्छ । फ्याक्ट्रीमा झोला उत्पादन गर्दा तपाईले हामीले सोच्नु पर्ने कुरा के हो भने, हुन त मैले कति व्याख्या गर्न तपाईहरुलाई । कारखानामा मालिकले आफ्नो स्टक सामानको बीमा गर्छ, गर्नु पनि पर्छ तर झोला सामान्य मानिसले बोकेको बेलामा त्यस्तो मात्रै बीमा गर्न त्यती रुची देखाएको पाइदैन । अब झोला जुनसुकै होस् सामानको ओसार पसार गर्ने कोही छ भने त्यहाँ बीमा जोडिन्छ, फेरी ओसार पसारमा त झोला पनि जोडिएकै हुन्छ ।’
मानौं, कुनै एक माडवारी सुन व्यवसायी काठमाडौंबाट सुन किनेर बिराटनगर जाँदै छन् भने उनले हातमा झोला बोक्छन्, झोला भित्र सुन हुन्छ । । त्यस्तो बेलामा सुनको बीमा हुने र बैंकहरुले टीनको बाकसमा मोटा रकमहरु एक शाखाबाट अर्को शाखामा लैजाने क्रममा पनि त्यस्ता रकमको जोखिमको बीमा हुने पाइन्छ ।