

नेको इन्सुरेन्स ३० औं बर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य परीक्षण तथा रक्तदान सम्पन्न




काठमाडौं । देशको बीमा बजारमा २९ बर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्स लिमिटेडले सेवा संचालनको सफलतापूर्वक २९ बर्ष पुरा गरी यहि २०८२ जेष्ठ १७ गतेदेखि ३०औं बर्षमा प्रवेश गर्दैछ । कम्पनीले विगतका बर्षहरु देखि नै सेवा प्रवाहका क्षेत्रमा निरन्तर बृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय बृद्धि गर्दै आएको जनाएको हो ।
निर्जीवन बीका कम्पनीले आप्mनो सेवा संचालनको ३०औं बर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोही उपलक्षमा शाखा कार्यालयहरुमा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सम्पन्न भएको छ । कम्पनीले ब्यवसायको साथसाथै समाज सेवाको लागि विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको जनाएको छ ।