

नेपाल माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न




काठमाडौ. । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लि. ले यही जेष्ठ १६ गतेका दिन आर्थिक वर्ष ०८०/०८१ दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा भरतपुरस्थित गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा संचालक लतिका गोल्याण, संचालक सिद्धान्त झुनझुनवाला र स्वतन्त्र संचालक बद्री सिग्देल समेतको उपस्थितिमा कम्पनीले साधारण सभा सम्पन्न गरेको जनाइएको छ ।
उक्त साधारण सभामा संस्थापक शेयरधनी, सर्वसाधारण शेयरधनी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनिल गिरी तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
सभाले कम्पनीको संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन लगायत अन्य सामान्य प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको छ । सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा अनुप मालाकार र सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
सम्पूर्ण शेयरधनी महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दै शेयरधनीहरुको सहयोग तथा सदाशयताले आज यस दोस्रो साधारण सभा सफलताका साथ सम्पन्न भएको साथै यस साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याउने सञ्चालक समितिका सदस्यहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव एवं कम्पनीको व्यवसाय प्रवद्र्धनमा इमान्दारी र लगनशिलताका साथ योगदान दिनुहुने कम्पनीका सम्पूर्ण कर्मचारीहरु प्रति सभाका सभापतिबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै सम्पूर्ण शेयरधनी महानुभावहरुले कम्पनीको काम, कारवाही प्रति अभिरुचीपूर्वक दिनु भएका सुझाव तथा मार्ग निर्देशनहरुलाई अंगिकार गर्दै आगामी दिनहरुमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि कटिबद्धत रहेको धारणा समेत व्यक्त गर्दै, लघु बीमा स्थापनाको उद्देश्य वमोजिम न्यून आय भएका वर्ग तथा पिछडिएको क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय संचालन गर्दै गरिबीको रेखामुनि रहेका वर्गलाई बीमाको दायरामा ल्याई उक्त वर्गको आर्थिक जोखिमलाई कम गर्न आफ्ना विभिन्न कार्यालय तथा सम्बन्धित सबै मार्फत यो कम्पनी हरदिन लागि परेको बताएका छन् ।