

‘बजेटले बीमालाई केही हदसम्म सम्बोधन गरेको छ,समग्रमा पृथक छ’: यूनाइटेड अजोडका सीईओ गौतम




काठमाडौं । यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले समग्रमा बजेट विगतका आर्थिक वर्षहरुको तुलनामा केही सकारात्मक देखिएको बताएका छन् । उनले त्यस्तो बजेटमा बीमा क्षेत्रको केही हदसम्म भए पनि सम्बोधन भएको बताएका हुन् ।
यूनाईटेड अजोड इनस्योरेन्स कम्पनीका सीईओ गौतमले बीमा दर्पण डटकमसँग भने, ‘यसपालिको बजेटले बीमालाई नीतिगत रुपमा सम्बोधन गरेको देखिन्छ । सम्पत्ती बीमाको दायरा बढाउने कुराहरु आएका छन्, स्वस्थ्य बीमाका लागि पनि केही बजेट छुट्याइएको छ । त्यसरी नै तेस्रो पक्ष बीमाका पनि कतिपय कुराहरु सुधार गर्ने पक्षमा बजेट आएको छ ।’
उनले कृषि बीमाको लागि पनि यसपालिको बजेटले रकम छुट्याएकोदेखी निम्न वर्गिय किसानहरुलाई राहात दिने सरकारको मनसाय देखिए पनि त्यो के कसरी दिने भन्ने अलि प्रस्ट नभएकोमा जोड दिए ।
त्यतै, निक्षेप तथा कर्जा सुरक्षण निगम लगायतका पुनर्बीमाका कुरा आउनु यस अघिका बजेटका भन्दा पृथक पक्ष रहेको उनले सुनाए ।
सीईओ गौतमले थपे,‘यसअघिका बजेटभन्दा केही कुरा यसपालिको बजेटमा अल्लि बढी बोलिएको महशुस भएको छ । सरकारको बजेटबाट रकम नै छुट्याएको भन्दा पनि नीतिगत व्यवस्था गरी नागरिकलाई सहयोग पुर्याउने भन्ने छ । समग्रमा हेर्दा बजेट राम्रो छ । परम्परागत रुपमा भन्दा अल्लि बढी नागरिकको आवश्यकता हेरेर बजेट ल्याएको जस्तो देखिन्छ ।’
उनले सबैभन्दा ठूलो कुरा भन्दै सबैले चासो दिएर हेर्ने कुरा भनेको नै विगतको अनुभवबाट बजेटको कार्यन्वयन पाटो कतिको मजबुत हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित रहेको पनि सम्झाए ।
यूनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सीईओ गौतमले कार्यन्वयनको सार्वजनिक भएका बजेट वक्तव्यका कार्यन्वयन कुन तहमा हुन्छ त्यो निकै महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।