

तेस्रो पक्ष बीमालाई थप समय सापेक्ष बनाउने सरकारको निर्णय




काठमाडौं । सरकारले तेस्रो पक्ष सवारी बीमा (थर्ड पार्टी इन्स्योरेन्स) लाई समय सापेक्ष बनाउने भएको छ । आगामी आर्थिक वर्षका लागि गरिएको बजेट भाषणमार्फत सो कुरा सुनाइएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
हाल तेस्रो पक्ष बीमा सरकारले अनिवार्य नै गरेको अवस्था छ ।