

कृषि बीमा अनुदानका लागि सरकारले २ अर्ब ३० करोड छुट्यायो




काठमाडौं । आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि बीमा अनुदानको रकम सार्वजनिक गरेका छन् । उनले कृषि बीमामा कृषकहरुलाई २ अर्ब ३० करोड रुपैयाँ छुट्याएको सुनाए ।
त्यस्तो रकम बीमित किसानहरुले आफ्नो अन्नबालीको बीमा गर्दा निर्जीवन बीमा कम्पनीहरुलाई बुझाउँनु पर्ने बीमाशुल्कमा सहुलियत दिइने भएको हो ।