

बजेट अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बस्दै




काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्नमा मन्त्रिपरिषद् बैठक बस्नेछ ।
यता, बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने जनाइएको हो। आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको भने संघीय संसदमा अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने तालिका तय भएको छ ।