

निर्जीवन बीमा कम्पनीहरुले बढाए व्यवसाय




काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको आफ्नो व्यवसाय बढाउन सफल भएका छन् । उनीहरुले गत बर्षको समिक्षा अवधिको तुलनामा यसपाली ६ प्रतिशतले व्यवसाय बढाएका हुन्।
तथ्यांक अनुसार चालु आर्थिक बर्षको बैशाख महिनासम्ममा कम्पनीहरुले ३५ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् भने उनीहरुले अघिल्लो आर्थिक बर्षको समिक्षा अवधिमा जम्मा ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ कुल बीमा संकलन गरेको देखिन्छ। यसरी हेर्दा पोहोर खुम्चिएको व्यवसाय यसपालि केही हदसम्म भए पनि वृद्धि भएको छ ।
यता, बैशाख महिनासम्म राष्ट्रिय बीमा कम्पनीको बीमा व्यवसायमा गत बर्षको तुलनामा १३ प्रतिशतले घट्दा, युनाईटेड अजोडको ३ प्रतिशत, नेशनल इन्स्योरेन्सको १ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.६५ प्रतिशतले बीमा व्यवसायमा गिरावट आएको अवस्था छ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार ओरिएन्टल इन्स्योरेन्सले ३७ प्रतिशतले व्यवसाय बढाएको बेलामा नेपाल इन्स्योरेन्सको बीमाशुल्कले पनि वृद्धिकै लय पकडेको अवस्था छ । उसले आफ्नो व्यवसाय ३४ प्रतिशतले बढाएको छ ।
सोही अवधिमा अन्य बीमा कम्पनीहरुको व्यसायीक अवस्थामा भने ठूलो फेरबदल आएको देखिदैन । यद्यपी अधिकांश निर्जीवन बीमा कम्पनीहरुले भने वृद्धिकै लय समातेको तथ्यांकले बुझाउँछ ।
मुख्यगरी वर्ष याममा हुने ठूलो धनजनको क्षतीले भने निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा ठूलो धक्का पर्ने गरेको पाइन्छ । त्यसरी ठूला साना, नयाँ, पुराना सबै बीमा कम्पनीहरु प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभावित हुने गरेको पाइन्छ । यद्यपी पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले पनि प्रविधिमैत्री बन्दै नागरिकका दाबी भुक्तानीमा प्रतिस्पर्धात्मक ढंगले छिटो क्लेम दिने र बीमितलाई समयमै सहि सूचना दिन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
सोही नतिजा स्वरुप उनीहरुले आफ्नो व्यवसाय र नागरिक, बीमितहरुको विश्वास वर्षौनी बढाउदै लगेको देखिन्छ ।