

आलमले पाए सफाइ




काठमाडौं । केही वर्ष अघिबाट मान्छे मारेको आरोप भोग्दै आएका कांग्रेस नेता मोहम्मद आफताब आलमले सो आरोपबाट सफाइ पाएका छन् । उनलाई उच्च अदालत वीरगञ्जले जिल्ला अदालत विगतमा रौतहटले गरेको फैसलालाई उल्टाएर आलमलाई सफाइ दिएको खबर छ।
यता, संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो ।
साथै, सोही फैसलामा चित्त नबुझेर आलम उच्च अदालत गएका थिए भने अदालतको फैसलापछि आजै आलम रिहा हुने भएका हुन् ।