

दोहोरो अंकले नेप्से परिसूचक बढ्दा, सेयर बजारमा साढे ८ अर्ब माथिको कारोबार




काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक दोहोरो अंकले बढ्न पुगेको छ । सोही बेलामा कारोबार रकम भने साढे ८ अर्ब माथि देखिएको हो । यता, बुधबार बजार १७.४४ अंकले नेप्से परिसूचक उकालो लाग्दा ०.६५ प्रतिशतले नेप्से सूचक बढेको छ भने नेप्से २६९३.०६ अंकमा देखिएको छ ।
त्यस्तै, ३ सय २३ कम्पनीका २ करोड ७ लाख ५९ हजार ५ सय ४७ कित्ता सेयर किनबेच गरेको बेलामा ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३ सय ३४।२५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा देखिन्छ।
ओम मेगाश्रीले १० प्रतिशतले नाफा कमाएको दिन, ग्रीन डेभलपमेन्ट बैंकले ९.९९, पियोर इनर्जी ९.८५ भूगोल इनर्जीका लगानीकर्ताहरुले ९.१५ प्रतिशतले नाफा खाएका हुन् ।
सोही बेलामा बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२६ प्रतिशत गुमाउन पुगेको देखिन्छ।
ङादी ग्रुप पावरको १ अर्ब ५ करोड ७३ लाख ६० हजार २.१० रुपैयाँले हायस्ट कारोबार भएको बेलामा भोलि नै हुने बजेट भाषणले केही सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।
साथै, अन्य बेला जस्तै सार्वजनिक बिदामा बन्द हुने सेयर कारोबार भोलि पनि गणतन्त्र दिवसका कारण रोक्किने भएकाले यस साताका लागि यही नै अन्तिम कारोबार मान्न सकिन्छ । यद्यपी बजेट भाषणसँगै नयाँ योजनाहरुले खल्तीमा पैसा राखेर बजारमा लगानी गर्न केही पछि सरेका लगानीकर्ताहरुको मनोबलमा के कस्तो प्रभाव पर्छ त्यो भने हेर्न बाँकी नै छ ।