

राष्ट्र बैंकले ८० अर्ब रुपैयाँ प्रशोचन गर्दै




काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट एकैपटक ८० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । तरलता बढेको भन्दै त्यस्तो रकम निरन्तर जसो प्रशोचन गर्दै आएको राष्ट्र बैंकले आज एकै दिन ८० अर्ब रुपैयाँ खिच्ने भएको हो ।
यता, राष्ट्र बैंकले २१ दिन अवधीका लागि उठाउन लागेको ८० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असार ४ गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्नेछन्।
त्यस्तै, निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । साथै, बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वा न गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको जनाइएको हो।