

विनोद चौधरीद्वारा नेता विप्लवको सहकारीले उत्पादन गरेको २ लाख किलो आलु खरिद




काठमाडौं । उद्योगपति विनोद चौधरीको सीजी फुड्सले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेबको जनश्रम कृषि सहकारी संस्थाले उत्पादन गरेको २ लाख किलो आलु किनेका छन् ।
नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरीको सीजी फुड्सले आवश्यक कच्चा पदार्थको रुपमा आलु किनेको हो ।आलु किने लगत्तै चौधरीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ‘नेपाली अर्थतन्त्रको इन्ट्रिग्रेटेड विकासका लागि कृषी उत्पादन र औद्योगिक उत्पादनबीच अन्योन्याश्रित सम्वन्ध हुनुपर्छ । हाम्रा उद्योगहरूका लागि कच्चा पदार्थका रुपमा आवस्यक कृषी उत्पादन देशभित्रैबाट आपूर्ति गर्न सकिए हाम्रो अर्थतन्त्रको जग बलियो हुन्छ । हामीले देशभित्र उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गर्ने नीति अंगिकार गरेका छौँ। सोही अनुसार विप्लबजीले उत्पादन गर्नु भएको आलु हाम्रो इन्डिस्ट्रियल पार्कले खरिद गरेको हो । अन्य कृषी उपजहरू पनि देशभित्रैबाट आपूर्ति हुने वातावरण बनाउन यसैगरि लाग्नुपर्छ । राजनीति देशको आर्थिक विकाससँग जोडियोस्, विप्लबजीलाई धेरै शुभकामना !’