

मधेस प्रदेशमा निर्जीवन बीमा कम्पनीले संकलन गरे २ अर्ब १५ करोड रुपैयाँ




वीरगञ्ज । नेपाल बीमा प्राधिकरणको मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमातर्फ २ अर्ब १५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । समिक्षा अवधिमा निर्जीवन बिमातर्फ जारी बिमा लेख सङ्ख्या भने दुई लाख ५९ हजार ४ सय ७५ रहेको जनाइएको हो।
यता, निर्जीवन बिमातर्फ ७ हजार १ सय २४ सङ्ख्याले १ अर्ब ६० करोड २६ लाख रुपैयाँ रकम दाबी भुक्तानी माग गरेका छन् भने कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५ सय ८५ जनालाई एक अर्ब आठ करोड ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको अवस्था छ ।
त्यस्तै, नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बिमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गरे । ‘हामीले बिमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ’ उनले भने, ‘आगामी दिनमा बिमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ ।’
कार्यालयले चालु आवको ९ महिनामा जीवन बिमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । सो अवधिमा मधेस प्रदेशमा ८६ हजार छ सय ७० वटा जीवन बिमाको बिमालेख सङ्ख्या रहेको छ ।
जीवन बिमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा नौ दशमलव २४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बिमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
साथै, कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बिमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट दुई अर्ब ८७ करोड ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेको जनाइएको हो।