

डा.गुणाकर भट्टको राजीनामा अस्वीकृत भएसँगै गभर्नर कार्यालयमा तानिए




काठमाडौं । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा बुझाएर बसेका डा. गुणाकर भट्टको राजीनामा भने स्वीकृत नभएको खबर छ। भट्टलाई गभर्नर डा. विश्वनाथ पौडेलले राजीनामा अस्वीकृत गरेर गभर्नर कार्यालयकै जिम्मेवारी सुम्पिएको अवस्था छ।
सोही बेलामा कार्यकारी निर्देशक डा. रामशरण खरेल आर्थिक अनुसन्धान विभाग तथा विस्तृत थापा भने जनशक्ति व्यवस्थापन विभागमा सारिएको बताइएको हो ।