

३० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक




काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रुपैयाँ उठाउने जनाइएको छ । पछिल्लो समय निरन्तरजसो रकम उठाउदै आएको उसले बजाबाट २१ दिनका लागि सो रकम खिच्ने भएको हो ।
यता, राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर आज उक्त रकम खिच्न लागेको हो । निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे अनलाइन बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
साथै, बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी असार १ गते हुने जनाइएको हो।