

नेपाली बीमा क्षेत्रको ऐतिहासिक विरासत बोकेको नेपाल इन्स्योरेन्सलाई हकप्रद बिक्रीको बाटो खुल्ला




काठमाडौं । नेपाली बीमा क्षेत्रमा जेठो बीमा कम्पनीको पहिचान बनाएको नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्री गर्ने अनुमति पाएको छ। निर्जीवन बीमा क्षेत्रमा सीयोदेखि जहाजसम्मको बीमा गराउनु पर्ने अवधारणा स्थापित गर्न सफल यसलाई नेपाल धितोपत्र बोर्डले अहिले भने हकप्रदको समेत बाटो खोलेको हो ।
यता, यससँगै नेपाल इन्स्योरेन्सले धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको जनाएको छ भने सोही कम्पनीलाई बोर्डले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न मिल्ने भएको छ । सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७।७६ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको उसको हालको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ रहेको देखिन्छ।
सोही हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्ने छ । यता बीमा क्षेत्रको नियमनकारी निकाय (बीमा प्राधिकरण) ले पनि निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको अवस्था छ । नियामकीय पुँजी पुर्याउन धेरै वटा बीमा कम्पनीहरुले मर्जरबाटो अपनाएको बेलामा नेपाल इन्स्योरेन्स भने एक्लै उभिएको छ । भनाईको मतलब उ मर्जरमा गएको छैन ।
बरु नेपाली बीमा क्षेत्रमा पहिलो निर्जीवन बीमाको महत्वमा उसले चालेका कतिपय कदम तथा सुशासनका पाटाहरु समग्र बीमा क्षेत्रमा ठूलो पाठ सिक्न लायक विषय हुने यस कम्पनी निकट केही वरिष्ठ कर्मचारीहरुले सुनाउने गरेका छन् । सबैभन्दा पहिला जोखिमलाई बीमाको दायरामा ल्याउन कदम चालेकै हिसाबले पनि उसको योगदान अन्य नेपाली बीमा कम्पनीहरुको तुलनामा केही पृथक रहेको मान्ने गरिन्छ ।
त्यस्तै, हाल कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरको बिक्री प्रबन्धकमा भने एनआइएमबी एस क्यापिटल तोकिएको नेपाल इन्स्योरेन्सले बताएको छ ।