

नेपाल माइक्रोले ब्रान्च टार्गेट समेत सहजै प्राप्त गर्न सफल




काठमाडौं । लघु बीमा कम्पनीहरुलाई जादुमय चमत्कार देखाउँदै व्यापार गरेको नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो ब्रान्च टार्गेट समेत पूरा गरेको छ । केही दिन अघि मात्रै कम्पनीले आफ्नो पूर्ण व्यवसायीक टार्गेट पूरा गरेको बेलामा उसका ब्रान्चहरु समेत सक्रिय देखिएका हुन् ।
नेपाल माइक्रोको पूर्वमा रहेको बिर्तामोड ब्रान्चको कार्य प्रगतीमा खुशी साट्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल समेत कर्मचारीहरुसँग उत्सव मनाइरहेको तस्बिरमा देख्न सकिन्छ ।
चुक्ता पूँजी हेर्दा लघु बीमा तर व्यवसाय हेर्दा झण्डै ठूलो बीमा कम्पनी
अहिले नेपाली बीमा बजारमा नेपाल माइक्रोलाई हेर्ने दृष्टिकोण निकै भिन्न छ । भनाईको मतलब चुक्ता पूँजी हेर्दा लघु बीमा तर व्यवसाय हेर्दा झण्डै ठूलो बीमा कम्पनी बराबरको (एचिभ्मेण्ट) उपलब्धि देखिएको हो । सोही व्यवसायीक उच्च सफलताका कारण नेपाली बीमा क्षेत्रमा लामो समयसम्म अर्ब बराबरको चुक्ता पूँजी च्यापेर नियामक नेपाल बीमा प्राधिकरण र तत्कालिन बीमा समितिलाई सधैं असन्तुष्टि मात्रै पोख्ने कम्पनीहरुको अगाडी उसले फेरी पनि ठूलो चमत्कार गरेको छ ।
उसको बारेमा हामीले कुनै पनि रिर्पोट बनाउँदा छुटाउँनु हुँदैन हिजो ठूला बीमा कम्पनीहरुले व्यवसाय गर्न नसकेको ठाउँमा लघु बीमा कम्पनीहरुले हात हालेका हुन् । यसरी व्यवसायीक सफलता प्राप्त गर्नुको पछाडी कुनै पनि बीमा कम्पनीहरुलाई हाताहाती व्यवसाय पाउन पनि त्यति धेरै सहज भने छैन ।
अहिले पनि केही लघु बीमा कम्पनी र ठूला पूँजी भएका नेपाली निर्जीवन बीमा कम्पनीरुको कार्य शैलीमा फेरबदल नआइसकेको बेलामा यही भूमिमा लघु बीमा कम्पनीहरुले मोटो रकमको व्यवसाय उठाएर उदाहरण बन्न सफल भएका छन् । उनीहरुले त्यस्तो व्यससाय निकै स-साना मूल्यका बीमा बेचेर ठूलो रकम जम्मा गरेको कुरा हामीले कहिल्यै पनि भूल्नु हुँदैन ।
लघु बीमा कम्पनीहरुको प्रगति देखेर थाप्लोमा हात लगाएका केही निर्जीवन बीमा कम्पनीहरुको रुष्ट कार्यशैली समेत हामीले जस्ताको त्यस्तै प्रस्तुत गर्नेछौं ।
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स)