

नवनियुक्त गभर्नर पौडेलद्धारा पदभार ग्रहण




काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेको अवस्था छ। हिजो नियुक्ती पाएका उनले बिहान प्रधानन्यायाधीशबाट पद तथा गोपनियताको शपथ ग्रहण पश्चात राष्ट्र बैंकको मुख्यालय बालुवाटारमा कार्यभार सम्हाल्न पुगेका हुन् ।
विगत केही वर्ष यता विभिन्न चपेटामा परेर अर्थतन्त्र तंग्रिदो अवस्थामा रहेको बेलामा उदार विचारधाराका पौडेलको आगमनले नेपाली अर्थतन्त्र थप उकास्किने अपेक्षा गरिएको छ । उद्योगी व्यवसायहीहरुको मनोबल खस्केको बेलामा उनले पैसा नभएर भन्दा पनि लगानीको वाताबरण नदेख्दा व्यवसयीहरुले खल्तीको पैसा बजारमा लगानी गर्न नसकेको भन्ने बुझ्दै सहजिकरणमा ठूलो भूमिका खेल्ने छन् भन्ने चौतर्फी विश्वास गरिएको छ ।
त्यस्तै, सेयर बजारप्रति समेत सकारात्मक विचारधारा राख्ने भएकाले उनको आगमनले पुँजी बजारलाई समेत थप नयाँ उचाई दिलाउनेमा अधिकांश लगानीकताहरु विश्वस्त भएको अवस्था छ । यससँगै नयाँ गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकमा आफ्नो डे वानको हाजिर गर्दै जागिर समेत सुरुवात गरेको अवस्था छ ।